समाचार

योगी नरहरिनाथ अस्पताल र पातन्जलबीच सहकार्य



चितवन, २६ कार्तिक । योगी नरहरिनाथ योग तथा आयुर्वेदिक अस्पताल, चितवन र पातन्जल योग समिति नेपालबीच दुवै संस्था एक आपसमा सहकार्यका साथ अघि बढ्ने भएको छ ।

छ्लफलबाट तत्काल पातन्जल योग समिति नेपालको सिफारिसको आधारमा दक्ष योग प्रशिक्षक उत्पादनको लागि निश्चित कोटा निर्धारण गरि अस्पतालबाट नि:शुल्क अध्ययनको व्यवस्थापन मिलाईदिने सहमति, अस्पताल प्राङ्गणमा अस्पतालका मेडिकल निर्देशक डा. हेमराज कोईराला, सोहि सस्थाबाट डा. सृष्टि पौडेल, डा. नरनाथ पौडेल एवम कृष्ण बुढाथोकी र पातन्जल योग समिति नेपालका सरक्षक वालमुकुन्द सुवाल एवम महासचिव नबराज काफ्लेका विच भएको छ्लफलबाट पातन्जल योग समिति नेपालको अभियानलाई राष्ट्रिय एवम अन्तर्रास्ट्रिय तवरमा विस्तार एवम अभियानको कार्यक्रमलाई जोड्न अस्पतालबाट सकेको सहयोग एवम सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।