राजनीति

अतिक्रमित जमिन नारा लगाएर फिर्ता हुँदैन, प्रमको अग्नी परिक्षा शुरुः नेता पौडेल



हेटौंडा, २६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा भारत विरुद्ध नारा लगाएरमात्र नेपालको सीमा क्षेत्रमा अतिक्रमण गरिएको जमिन फिर्ता नआउने बताउँदै भारतले नेपालको भूमि अतिक्रमण गरी निकालिएको नयाँ नक्सा सच्याउन तथा नेपालको भूमि फिर्ता गराउन प्रधानमन्त्री केपी ओलीको अग्नी परिक्षा शुरु भएको बताउनुभएको छ ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले देशको सीमा रक्षाको निम्ती गरेको जस्तोसुकै पहललाई कांग्रेसले साथ दिने बताउँदै राष्ट्रबादी कार्यमा कांग्रेस सरकारको सहयात्री हुने स्पष्ट पार्नुभयो ।

नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको बताउँदै नेता पौडेलले भन्नुभयो, ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’

सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उनले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने हो र ?