काठमाडौँ, २७ कार्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र बहराइनका राजदूत अब्दुल रहमान मोहमद अहमद अल गउडबीच भेटवार्तामा बहराईनले नेपाली श्रमिकको संख्या बढढाउने प्रस्ताव गरेको छ ।
मंगलबार भएको भेटवार्तामा राजदुत अल गउडले नेपाली श्रमिकहरु अनुशासित र कामप्रति प्रतिबद्ध भएकोले बहराइनमा नेपाली श्रमिकको माग बढेको पनि बताउनुभयो । बहराइनको विकासमा नेपाली श्रमिकले महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँले नेपाली श्रमिकको प्रशंसा पनि गर्नुभयो ।
उहाँले नेपाल र बहराइनबीचको श्रम सम्झौता परिमार्जन गर्न बहराइन सरकार तयार रहेको बताउँदै नेपाली श्रमिकको हकहित र कल्याणका लागि बहराइन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
भेटवार्तामा मन्त्री विष्टले बहराइनमा रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्या बढाउन नेपाल सरकार सकारात्मक रहेको जानकारी दिनुभयो । बहराइनमा रहेका नेपाली श्रमिकको सामाजिक सुरक्षा र कल्याणमा दुबै देशले विशेष ध्यानखदिनुपर्ने भन्दै मन्त्री विष्टले नेपाल र बहराइनबीच भएको श्रम समझदारीलाई समयानुकुल बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्