पोखरा, २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट बिचार बोकेर काँग्रेसले कम्युनिस्टलाई हराउन नसक्ने भन्दै कास्कीको एक सीटमा कम्युनिष्टले हार्दा सरकार ढल्दैन, काँग्रेसले जित्दा उत्पात नबढ्ने बताउनुभएको छ ।
कास्की–२ को उपनिर्वाचन प्रचार अभियानको क्रममा पोखराको बिरौटामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दाबी गर्दै उहाँले बिगतमा आफूहरुबाट भएका त्रुटि र कमजोरीबाट पाठ सिक्दै सच्चिएर अघि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राप्रपाले आगामी दिनमा जनता केन्द्रित, संगठन केन्द्रित सिद्धान्त केन्द्रित राजनीति गर्नेछ’ भन्दै थापाले भने, ‘सत्ताकेन्द्रीत राजनितीलाई महत्त्व नदिई आदर्शको राजनीति गर्छौंँ ।’
मुलुकमा व्याप्त विकृति, बिसङ्गति, ब्रम्हलुटको विपक्षमा उभिन पोखरेली जनतालाई आग्रह गर्दै थापाले वाइडबढी, तेत्तीस क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर छली प्रकरणलाई बल पुग्ने गरि काँग्रेस कम्युनिस्ट नरोज्न मतदातालाई अनुरोध गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्