उदयपुर, २७ कार्तिक । उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सोमबार दिउँसो घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर ताप्ली गाउँपालिका-१ फलाँटे बस्ने ४५ बर्षीया भरि माया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्