पर्यटन

देशभरका सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्षको लोगो



काठमाडौ, २८ कार्तिक । नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि देशभरका सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्षको लोगो टाँसिने भएको छ ।

आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

पर्यटन मन्त्रालयका अनुसार उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकलाई भ्रमण वर्षबारेमा तालिमको ब्यवस्था गरिने भएको छ। भ्रमण वर्ष सफल बनाउन यी कामको समन्वय पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनियन र ट्राफिक प्रहरीसहितले गर्ने भएका छन् ।