समाचार

ट्याक्टर पल्टिँदा चालकको मृत्यु



गोरखा, २८ कार्तिक । गोरखामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

बुधबार राति बारपाक सुलिकोट गाउँपालिका-८ मा ग १ त ४०३७ नम्बरको टयाक्टर नियन्त्रण गुमाएर सडकबाट एक सय मीटर तल खस्दा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका-११ का ३० वर्षीय जगदिश प्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।