काठमाडौँ, २९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने अपार सम्भावना रहेको बताएकी छन ।
नेपालको औपचारिक भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको सम्मानमा आयोजित राजकीय भोजमा राष्ट्रपति भण्डारीले लामो समयपछि बङ्गलादेशबाट भएको उच्चस्तरीय औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भएको बताएकी हुन ।
राष्ट्रपति भण्डारीले दुवै मुलुकसँग आर्थिक विकासमा अपार सम्भावना रहेको बताउँदै नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यासलाई दुवै देशको आर्थिक समृद्धिमा जोड्न सकिने धारणा व्यक्त गरीन ।
बङ्गलादेशका राष्ट्रपतिले नेपालको उच्च राजनीतिक नेतृत्वसँग भएका भेट द्विपक्षीय सम्बन्ध र सहयोगलाई बढाउनेमा नै केन्द्रित रहेका बताउदै उनले जलस्रोत व्यवस्थापन, जलविद्युत् उत्पादन, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, जलमार्ग, हवाई मार्ग, रेलसडकसहितका सम्पर्क सञ्जालका क्षेत्रमा दुवै देशले साझेदारी गर्न सक्ने प्रचूर सम्भावना छन् भन्दै ती क्षेत्रमा सहयोग बढाउन आफ्नो देश तत्पर रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्