Banner News

स्रोतको जिम्मेवारी र उत्तरदायित्वमा सम्बन्धित निकाय सचेत हुनुपर्छ : मन्त्री खतिवडा



काठमाडौँ,  ३० कार्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले कुनै पनि कार्य वा स्रोतको जिम्मेवारी र उत्तरदायित्वमा सम्बन्धीत निकाय सचेत हुनपर्नेमा जोड दिनुभएको छ ।

महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को आन्तरिक लेखापरीक्षणको एकिकृत वार्षिक प्रतिवेदन बुझ्दै उहाँले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखा परीक्षणको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा। खतिवडाले संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो वित्तीय उत्तरदायित्व, पारदर्शिता र आर्थिक अनुशासनको पालना भएको उल्लेख गर्दै उक्त प्रतिवेदनले अन्तिम लेखा परीक्षण गर्दा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले बेरुजुलाई शुन्यमा झार्न सार्वजनिक खरिद प्रक्रियामा सुधार गर्दै आवश्यक ऐन कानूनहरु समयसापेक्ष संशोधन, अग्रीम भुक्तानी प्रक्रियामा रोक, कामको प्रगतिका आधारमा भुक्तानी जस्ता विषयमा सुधार हुनुपर्नेमा जोड दिनुभयो ।