काठमाडौँ, ३० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट«मन्त्री डा. प्रकाशशरण महतले नेपाललाई समृद्ध मुलुक कांग्रेसले मात्रै बनाउन सक्ने बताउनुभएको छ ।
काठमाडौँको प्रज्ञा भवनमा आयोजित नेपाल ट्रेड युनियन ३ नम्बर प्रदेशको प्रथम परिषदको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले देश एकाधिकारबाट मुक्त हुनलाई सत्तामा कांग्रेस आउनु पर्ने उल्लेख गर्नुभयो । उहाँले नेकपाको नेतृत्वमा रहेको सरकारलाई एकाधिकाबाट मुक्त बनाउन आगामी उपनिर्वाचनमा कांग्रेसलाई विजयी गर्नुपर्नेमा जोड दिनुभयो ।
सहमहामन्त्री महतले भन्नुभयो, ‘सरकार पुर्ण रुपमा असफल भैसकेको छ, यस्तो असफल सरकारले उठाएका उम्मेदवारहरुले उपनिर्वाचन जिते देश दुर्गति तिर जाने भन्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्छ ।’










प्रतिक्रिया दिनुहोस्