जाजारकोट, ३० कार्तिक । सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
बुधबार नै प्रसूति व्यथाले थलिनुभएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भएपनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको हो ।
गर्भवती गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूति गृहले जानकारी दिएको छ । महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उद्धार गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्