काठमाडौँ, १ मंसिर । सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने कानुनी व्यवस्था गरिने भएको छ । सरकारी कोषबाट तलब पाउने गरी पुनः लाभको पदमा नियुक्ति भए त्यस्ता कर्मचारीको पेन्सन सुविधा कटौती हुनेछ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती कर्मचारी सेवाको गठन र सञ्चालनसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाइने प्रावधानमा सहमति गरेको छ ।
मन्त्रिपरिषदले पनि सेवा निवृत्त कर्मचारीलार्य दोहोरो सुविधा नदिने निर्णय गरेको छ। तर, यो निर्णय पूर्णरुपमा पालना भएको छैन । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।










प्रतिक्रिया दिनुहोस्