काठमाडौँ, १ मंसिर । प्रधानमन्त्री केपी ओलीद्वारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मुल नाराका साथ यस बर्षको आठौ कर दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कर दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो दायित्व पूरा गर्न प्रोत्साहन मिल्ने अपेक्षा गर्नुभएको छ ।
आफूले तिर्ने कर आफ्नै सेवा र सुविधाका लागि भएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानलाई गति दिन कर प्रणालीप्रति सकारात्मक धारणाको बिकास हुनुपर्ने बताउनुभएको छ ।
कर दिवसको अवसरमा सरकारले विशेष समारोहको आयोजना गरेको छ । त्यस्तै राजश्व कार्यालय, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले प्रभातफेरीको आयोजना गरेका छन् ।
नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा ७ वर्ष अघिदेखि प्रत्येक वर्ष मंसिर १ गते यो दिवस मनाइँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्