एजेन्सी, ३ मंसिर । अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नोमा आक्रमणकारीले अन्धाधुन्ध गोली हान्दा ४ जनाको मृत्यु भएको छ ।
फुटबल हेर्नको लागि एक घरपछाडि परिवार र उनीहरूका साथीभाइ भेला भएका थिए । सोही समयमा आक्रमणकारीले भीडमा अन्धाधुन्ध गोली हाने । गोली लागेर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य छ जनाको अस्पतालमा उपचार भइरहेको छ । लगभग ३५ जना सहभागी भएका उक्त भेलामा २५ देखि ३५ वर्ष उमेर समूहका एसियाली नागरिक रहेका प्रहरीलाई उद्धृत गर्दै एपीले जनाएको छ ।
प्रहरीले आक्रमणकारीलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ। पीडित परिवारले भने आक्रमणकारीलाई नचिनेको बताए ।
प्रतिक्रिया दिनुहोस्