Banner News

संविधान सशोधनको बाजा मुलुकलाई असुभ: अध्यक्ष ओली




भक्तपुर, ८ माघ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदमा बजेको संविधान संशोधनको बाजा देशकैे लागि अशुभको बाजा भएको वताए ।

नेकपा एमाले भक्तपुरले आयोजना गरेको पार्टीका नयाँ संगठित सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा उनले यतिबेला बिभिन्न प्रकारका शक्तिहरु देशलाई गलत बाटोमा धकेल्न खोजिरहेको बेलामा देशको राष्ट्रियता, एकता र अखण्डतालाई कमजोर पार्न सत्तापक्षले संविधान संशोधनको बाजा बजाएका् टिप्पणी गरे ।

‘एमाले बाहेकहरुले अहिले जून बाजा बजाउँदै छन्, त्यो देशको बिरुद्धको बाजा हो, देशको एकताको विरुद्धको बाजा हो, त्यसैले एमालेले कुनै हालतमा संविधान संशोधन गरेर मुलुकलाई कमजोर पार्ने षड्यन्त्र सफल हुन दिदैन भन्दै अध्यक्षले बाजा वा शंख बज्यो भन्दैमा शुभ भन्नु नहुने तर्क राख्दै ओलीले भने, ‘बाजा बज्यो भन्दैमा त्यो शुभ मात्र हुदैन, त्यो बाजा कस्तो धुनमा बजाईयो ? हाम्रो चलन छ शंख बजाउने, कुन धुनमा शंख बजायो भने शुभ कुन धुनमा शंख बजायो भने अशुभ हुन्छ भन्ने ?

शंख त शंख नै हो नि, बाजा त बाजा नै हो नि । कतैकतै मान्छे जन्मिदा पनि बाजा बजाईन्छ, मान्छे मर्दा पनि बाजा बजाईन्छ, घाट लैजादा पनि बाजा बजाउने चलन छ, सबै बाजा बज्ने बित्तिकै शुभ हुदैन, बाजा बज्ने बित्तिकै खुसीयाली हुदैन, त्यो दुःखको हो कि सुखको हो, के धून हो त्यो बुझ्नु जरुरी छ ?

अबको १० महिनाभित्र तीन वटै तहको निर्वाचनको सरकारले मिति घोषणा गर्नुपर्नेमा जोड दिदै उहाँले आगामी कात्तिक–मंसिरसम्म तीनवटै तहको निर्वाचन गर्नेगरि कार्यतालिका सार्वजनिक गर्न सरकारलाई आग्रह गरे । अध्यक्ष ओलीले थपे, ‘आज मेरो प्रधानमन्त्रीसंग कुराकानी हुदैछ, म उहाँलाई भन्नेछु, सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होईन, चुनाव गराउने होईन भने तत्काल सरकार छाड्नुस्, छोड्न गाह्रो लाग्छ भने बाध्य भएर हामी टिपेर राख्छौ ।’

अरुलाई जस्तो एमालेलाई पनि ठगठाग र छलछाम गरौला भन्ने नठान्न सचेत गर्दै अध्यक्षलेभन्नु‘अबको १० महिना भित्र तीनवटा तहको चुनाव सक्नु पर्ने तर सरकारले एउटा चुनावको पनि कुनै सुरसार गरेको छैन, हामीले सरकार परिवर्तनसंगसंगै निर्वाचनको कार्यतालिका घोषणा गर्न भन्दै आयौं, तर अहिलेको सरकार त्यस दिशामा केही नगरी, सिन्को नभाचीकन गफ मात्रै गरेर बसको छ ।’

सरकारले चुनाव गराउन नखोजे एमालेले दबाब दिएरै भएपनि चुनाव गराउन बाध्य पार्ने बताउँदै अबको १० महिना भित्र प्रतिनिधी सभाको निर्वाचन गराएर छाड्ने उद्घोष गरे ।

अध्यक्ष ओलीले भने, ‘यो सरकारले एमालेलाई अल्यल्याउँला, खेलाउला, ठगठाग र छलछाम गरौला भन्ने सोचेको होला, म गम्भिरताको साथ सरकारलाई चेतावनीको भाषामा भन्न चाहन्छु, अब आउने कात्तिक र मंसिरको दोश्रो हप्ता भित्र प्रतिनिधी सभाको निर्वाचन गराउने कि नगराउने ? म सरकारलाई सोध्न चाहन्छु, गराउने हो भने त्यस अनुसारको कार्यतालिका ल्याउँ, होईन भने हामी सरकारलाई बाध्य पार्नेछौ ।’

कार्यक्रममा एमालेका पोलिव्यूरो सदस्य सानु श्रेष्ठ, बैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, सांसद केदार सञ्जेल, युवा नेता महेश बस्नेत, नेताहरु राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला लगायतले सरकार संविधान संशोधनमा भन्दा पनि निर्वाचन तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एमालेको २ हजार ३५० जना नयाँ संगठित सदस्यलाई सपथ ग्रहण गराएको पार्टी उपाध्यक्ष बच्चन देउजाले जानकारी दिए ।