काठमाडौँ, ३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई जहाँ सहज हुन्छ त्यहीँ नै राजधानी बनाउनुपर्ने बताएका छन् ।
आज रूपन्देहीमा पाँचौं लुम्बिनी महोत्सव उद्घाटन गर्दै अध्यक्ष दाहालले प्रदेश नम्बर ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा बनाउनुपर्ने पक्षमा आफू रहेको बताएका हुन ।
उनले भने, ‘सबैलाई सबैभन्दा बढी सहज जहाँ हुन्छ त्यहीँ राजधानी बनाउनुपर्छ, ‘मैले यही ठाउँमा राजधानी हुनुपर्छ भनेर भनेको छैन । पूर्वाधार विकास भइसकेका वा नयाँ ठाउँमा पनि राजधानी बनाउन सकिन्छ ।, नयाँ ठाउँमा पनि राजधानी विकास गर्न सकिन्छ । यो छलफलकै क्रममा छ ।’
उद्योग, व्यापार र व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउदै उनले भने, ‘पाँच वर्षभित्र नेपालका व्यवसायीले लिएको अपेक्षा पूरा हुन्छ, हेर्नुहोला, ‘यहाँका व्यापारी देशभित्र भन्दा पनि देशबाहिर लगानीका लागि गएका छन् भन्ने सुनेँ यो दुखदायी कुरा हो ।’
प्रतिक्रिया दिनुहोस्