काठमाडौँ, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्ने बताएका छन ।
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’
अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै उनले भने, अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था छैन्, अझै गर्नुपर्ने धेरै कुरा छन्, मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पु¥याउनुपर्ने हाम्रो दायित्व छ ।’










प्रतिक्रिया दिनुहोस्