समाचार

घुससहित वडाध्यक्ष पक्राउ



विराटनगर, ४ मंसिर । मोरङमा वडा अध्यक्षलाई घुस लिँदै गरेको अबस्थामा अख्तियारले पक्राउ गरेको छ ।

जहदा गाउँपालिका–१ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साहलाई वडा कार्यालय भित्रैबाट सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा २१ हजार रुपैयाँ घुस लिँदै गर्दा ख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको हत्या आरोप लागेका वडा अध्यक्ष प्रदीप यादव फरार भएपछि साहलाई कार्यबहाक दिइएको थियो ।