एजेन्सी, ४ मंसिर । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी १५ जनाको मृत्यु भएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् । सोमबार दिउँसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका थिए । अरु ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ ।
उक्त घटनाका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्