राजनीति

नेकपा सचिवालय बैठक बस्दै



काठमाडौँ, ४ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो । आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने जनाइएको छ ।