एजेन्सी, ५ मंसिर । अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ ।
उक्त दुर्घटना नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ । हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् । यसैबीच अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिवानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्