समाचार

जंगलीमौरीले चिलेर एक जनाको मृत्यु



काठमाडौँ, ५ मंसिर । जंगलीमौरीले चिलेर सर्लाहीमा एक बालककोे मृत्यु भएको छ भने ५ जना अस्पताल भर्ना भएका छन् ।

मलङ्गवा–७, मुसैलीस्थित बाँसघारीमा माैरीले चिलेर बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मौरीको चिलाइबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो बिरामी भएका छन् । बिरामी पाँचैजना मलंगवा अस्पतालमा उपचारपछि अहिले घर फर्किसकेको छ ।