धादिङ, ६ मंसिर । धादिङमा अवैध लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति बेनिघाट रोराङ गाउँपालिका-४ लेडे खोलामा प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध लागूऔषध गाँजा करिब २ केजी सहित सिद्धलेख गाउँपालिका-३ बस्ने दिपक नेपालीलाई पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राऊ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीलेजनाएको छ ।










प्रतिक्रिया दिनुहोस्