राजनीति

अखिलका नेता राई जेल चलान



काठमाडौँ, ६ मंसिर । अनेरास्वबियूका तात्कालिन केन्द्रीय सदस्य इन्द्रहाङ राई जेल चलान भएका छन ।

बौद्धमा देउसी भैलो खेल्न भनी बोलाएर आफन्तको कोठामा लगी बलात्कार गरेको अभियोग लागेका राईलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

राईले १८ वर्षीया युवतीमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेपछि कात्तिक १२ गते राईलाई पक्राउ गरिएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले राईले जवरजस्तीकरणी उद्योग गरेको निश्कर्षसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेका थिए । पीडित युवतीले राईले तीन घन्टासम्म लगातार आफूमाथि बलात्कार गरेको र अन्तिममा मार्न खोजेपछि कसैलाई नभन्ने बताएर आफू बाहिरिएको बयान दिएकी थिइन ।