समाचार

गोकर्णदेखि सिनामङ्गलसम्मको नदीको सौन्दर्यीकरण सूचारू गरौं



काठमाडौँ, ७ मंसिर । अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिले गोकर्णदेखि सिनामङ्गलसम्मको नदीको दुबै तर्फको सौन्दर्यीकरण कायम गर्ने कार्यलाई सहयोग गर्दै निर्माण कार्य सूचारु गर्न सरोकारवाला सबैमा आग्रह गरेको छ ।

समितिले गोकर्णदेखि सिनाङ्गलसम्मको नदीको दुबै तर्फको विभिन्न संरचना निर्माण गरी सौन्दर्यीकरण गर्ने कार्य गरिरहेकाले सो कार्यमा अबरोध नगर्न सबैमा आग्रह गरेको हो ।

सो क्षेत्रमा सौन्दर्यीकरण गर्ने कार्य नेपाल सरकार र एसियाली विकास बैंकका ऋण एवं अनुदान सहयोगमा सञ्चालन भइ रहेकोमा वागमती नदीको बाहव क्षेत्रभित्रका जग्गाको मुआब्जा माग भइ निर्माण कार्य करिब आठ महिनादेखि अबरुद्ध रहेको सो कार्य सूचारु गर्न समितिले सरोकारवालाई आग्रह गरेको हो ।

समितिका कामु आयोजना प्रमुख लीलाप्रसाद ढकालले मुआब्जा दिने विषयमा सङ्घीय संदसको “ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति” मा विचाराधिन रहेकाले सो समितिबाट निर्कोल भइ आएपछि कानुन बमोजिमको प्रक्रिया अगाडि बढाइने भएकाले अहिले सो क्षेत्रको सौन्दर्यीकरण गर्ने कार्यमा अबरोध नगर्न आग्रह गर्नुभयो ।

उहाँले उक्त कार्य सम्पन्न गर्न तथा वागमती नदी सौन्दर्यीकरण गरी स्वच्छ वातावरण कायम गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज स्थानीय जनप्रतिनिधि, जनसमुदाय तथा सम्बन्धित सरोकारवाला सबैमा सहयोगका लागि अनुरोध गर्नुभयो ।

हाल अबरुद्ध कार्य निर्बाद रुपमा सूचारु गराई लक्षित कार्य शिर्घ सम्पन्न गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको मूल समितिको सहरी विकास मन्त्रीको अध्यक्षतामा मंसिर २ गते बसेको बैठकले सरोकारवाला सबैमा आग्रह गरेको छ । साथै सो कार्य सम्पन्न गर्न तथा वागमती नदी सौन्दर्यीकरण गर्दै स्वच्छ वातावरण कायम गर्ने कार्यका लागि सबैमा समितिले आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।