समाचार

मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु



काठमाडौँ, ८ मंसिर । युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार दिउसो कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको मोटरसाइकलाई ‘ओभरट्याक’ गर्ने क्रममा दुर्घटना हुदा बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराईको मृत्यु भएको हो ।

यस्तै, कैलाली घर भई बसुन्धारा बस्ने २३ वर्षीय लक्ष्मण आचार्य घाइते भएका छन् । आचार्यको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।

बा९१प १३०१ नम्बरको मोटरसाइक चालक विकल थापा प्रहरी हिरासतमा छन् भने मोटरसाइकलमा पछाडी बस्ने अर्का व्यक्ति सामान्य उपचारपछि घर गएका फर्किएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।