काठमाडौँ, ८ मंसिर । नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । तर यो व्यवस्था पनि वैज्ञानिक नभएको भन्दै यसविरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ । त्यो पार्टी हो– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ।
मंसिर ८ नेकपा ‘विप्लव’को पार्टी पुनर्गठन दिवस पनि हो । पुनर्गठनको छैटौं वर्षगाँठ मनाइरहँदासम्म विप्लवले पार्टीको राजनीतिक कार्यदिशाका विषयमा भने आफ्नै पार्टीका नेताहरूलाई समेत विश्वस्त बनाउन सकिरहेको देखिँदैन ।
कतिपय सन्दर्भमा पार्टी नेताहरू स्वयं पनि कार्यदिशामा अलमलिइरहेका देखिन्छन् । खासगरी एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको बुझाइमा नेताबीच नै अन्योल छ । दीर्घकालीन छापामार युद्ध कि मध्यम वर्गलाई पनि साथ लिएर सशस्त्र जनविद्रोह भन्नेमा मतऐक्यता छैन । यो खरब आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।










प्रतिक्रिया दिनुहोस्