काठमाडौँ, ८ मंसिर । नेपाल एअरलाइन्सका सबै विमानमा भ्रमण वर्षको लोगो राखीने भएको छ ।
निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण वर्षलाई सघाउ पुर्याउन विभिन्न प्रवर्द्धनात्मक काम गर्ने निर्णय गरेको हो । निगमका सम्पूर्ण विमानहरु र निगमको स्वामित्वमा रहेका सबै गाडीमा नेपाल भ्रमण वर्ष २०२० का लोगोहरु अंकित गर्न र सम्बन्धित विभागहरुलाई निर्णय तत्काल लागू गर्न समितिको बैठकले निर्देशन दिएको छ ।
आफ्नो देशको परिचयलाई थप सुदृढ बनाउन विज्ञसहितको डिजिटल मिडिया एवम् सामग्री बनाएर पर्यटक आकर्षित गर्ने कार्यनीति बनाइएको पनि निगमले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवर्द्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडियाबाट फेसबूक, ट्विटर, इन्स्टाग्राम र यूट्युबमा पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ ।
निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयको बिक्री कक्ष रातको ८ बजेसम्म खुला राख्ने भएको छ ।










प्रतिक्रिया दिनुहोस्