समाचार

लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ



बुटवल, ९ मंसिर । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् ।

लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।

स्थानीय  व्यापारीसँग कार्यालय कमिसन मागेका थिए । सोही सूचनाको आधारमा  नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।