राजनीति

क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यक : मन्त्री अर्याल



काठमाडौँ, ९ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्याललेक्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताएकी छन् ।

आज सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पुर्‍याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताएकी हुन् ।

सरकारले १५ औं योजनामा वार्षिक १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अर्यालले त्यसलाई पूरा गर्न सहकारीमार्फत् व्यवसायिक कृषिको प्रबन्ध मिलाइएको पनि जानकारी गराइन् ।

समयसापेक्ष सहकारी सम्बन्धी पाठ्यक्रमको विकास गर्नुपर्ने बताइन् ।