काठमाडौँ, १० मंसिर । कुवेतमा एक जना नेपाली कामदारको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका क्रममा नुवाकोटको मेघाङ गाउँपालिका ६ का २५ वर्षीय प्रजय तामाङ ९कमान सिंह० सोमबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका थिए ।
नेपाली दूतावासका अनुसार उनको राहदानी नम्बर ०८३४००३२ भए पनि विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । उनका बुवा, आमा, श्रीमती र एक जना छोरा रहेको बुझिएको छ ।
अहिले प्रजयको शव अस्पतालमा रहेको र सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल पठाइने तयारी भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्