काठमाडौँ, ११ मंसिर । प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार ६० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग ६० हजार घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले आज एक विज्ञप्ती जारी गर्दै आरोपित कलवारले सेवाग्राहीले खरीद गरेका खाद्यान्न सामानहरु बिक्री वितरण गर्दा दुख हैरानी नदिने तथा सहजता गरिदिने नाममा घुस लिएको पुष्टि भएको जानकारी दिएका हुन ।
कलवारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौँ आरोपपत्र दायर गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्