राजनीति

भक्तपुरमा कांग्रेसले पैसा बाँडिरहेको अवस्थामा प्रहरी पुगेपछि…



भक्तपुर, १२ मंसिर । आगामी मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनको मौन अवधि शुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पैसा बाढ्ने कार्य पनि शुरु गरेको छ ।

भक्तपुर क्षेत्र नं. १ (क)मा हुन गइरहेको प्रदेश सभाको निर्वाचनको संघारमा चाँगुनारायण नगरपालिका वडां ८ मा कांग्रेसले पैसाले मत किन्न प्रयास गरेको छ । कांग्रेस क्षेत्र नं. १ का सचिव तथा चाँगुनारायण नगरपालिकाका कांग्रेसको वडाध्यक्षका उम्मेदवार जनक खत्री, कांग्रेस वडा नं. ८ का सभापति राधे श्याम कार्की, टोलका नेता रविता कार्कीसहितको करिव २० जनाको समुहले चाँगुनारायण नगरपालिका वडा नं. ८ को हनुमान चोक जितपुरमा उक्त पैसा बाढ्ने कार्य गरेका हुन ।

उक्त समुहले पैसा बाढ्न लागेको स्रोतले जानकारी दिएपछि स्थानीयवासी तथा नेपाल प्रहरीका डिएसपी सहितको टोलीले उक्त समुहलाई तितर वितर पारेको हो । उक्त स्थानमा कांग्रेसले विभिन्न प्रकारका ठेगदारहरुलाई समेत बोलाई डिल गरिरहेको स्रोतले बताएको छ ।

प्रहरी र स्थानीयवासीद्वारा घेरा हाली उक्त टोलीलाई तितर वितर बनाएको थियो । पुनः पैसा बाढेको पाइएमा कडा कारवाही गर्ने प्रहरीले चेतावनी समेत दिएको छ । निर्वाचन आचार संहिता विपरित कुनै पनि गतिविधि भएमा नेपाल प्रहरीले कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।