Banner News

मन्त्री थापाद्वारा लक्ष्यको सतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन



काठमाडौं, १३ मंसिर । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय र मातहतका निकायहरुलाई लक्ष्यको सतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आ.व.२०७६/७७को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री थापाले मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा सतप्रतिशत नजिक पुग्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘तोकिएको लक्ष्य एक सय प्रतिशत पु¥याउन कोशिस गर्नुुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ, कारणवश पूरा हुन नसकेपनि लक्ष्यको नजिक अवश्य पुगिन्छ ।’ समग्रमा चालु आर्थिक वर्षमा मन्त्रालयले लिएको पहिलो चौमासिकको लक्ष्य पूरा भएको भन्दै गृहमन्त्री थापाले आगामी दिनमा थप कार्यपद्धतिलाई थप सुधार गर्र्दै लैजान निर्देशन दिए ।