काठमाडौँ, १३ मंसिर । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं.-६ स्थित लक्षमीनारायण मन्दिर परिसरबाट घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ताका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थमा वडा सचिव दिनेश बास्कोटालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले बास्कोटालाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको कोइरालाले जानकारी दिए ।
उनलाई रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्