राजनीति

सीमा अतिक्रम विरुद्ध विद्यार्थीको विरोध



काठमाडौँ, १४ मंसिर । भारतले जारी गरेको उसको नयाँ राजनैतिक मानचित्रमा नेपालको भुगाग लिम्पियाधुरा र लुपु लेक पनि समाबेश भएको तथा भारतीय पक्षले नेपालका विभिन्न भुभाग अतिक्रम गरि नेपालको सर्बभैमतामा नकारात्मक प्रभाव पारेको बिरोधमा त्रिभुवन बिश्वबिद्धालय, बिश्वबिद्धालय क्यामपसका बिद्यार्थीले बिरोध स्वरुप र्याली सहित कोण सभा गरेका छन् ।

भारतको हेपाह प्रवृत्ति र सिमा अतिक्रमको ज्याद्द्ती बिरुद्ध बिद्यार्थीहरुले आवाज उठाएका हुन् । त्रिभुवन बिश्वबिद्धालय घडी भवन अगाडिको कोण सभामा बोल्ने बक्ताहरुले देशको सिमा मिचिएको बिरुद्ध टुलुटुलु हेरेर नवस्ने तथा सरकारले आदेश दिएको खण्डमा सिमामा गएर लड्न तयार रहेको उद्द्घोष गरेको कार्यक्रममा सहभागी के आर पाण्डुलिपिले बताएका छन ।

भारतले कात्तिक १७ गते सार्वजनिक नक्सामा नेपालको लिम्पयाधुरा, लिपुलेक र कालापानीसमेत आफ्नो सीमाभित्र राखेपछि नेपालले बिरोध जनाउदै आइरहेको छ ।