काठमाडौँ, १४ मंसिर । नेपाल एयरलाइन्सको बोइङ किन्न तीन कम्पनीले प्रस्ताव गरेको छ ।
बोलकबोलको माध्यमबाट बोइङ विक्री गर्न संस्थाले जारी आह्वान गरेको टेन्डरमा तीन कम्पनी एभियोन एभिएसन, एमके एभिएसन र एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले बोइङ किन्न चासो देखाएका एयरलाइन्स सम्बद्ध स्रोतले देखाएका हुन् ।
नेपाल एयरलाइन्सले आफूसँग भएको बोइङ विक्रीका लागि कात्तिक २६ गते तेस्रोपटक सूचना प्रकाशित गरेको थियो । २७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङ विक्री गर्न एयरलाइन्सले सुरू मूल्यांकनमा करिब आधा मूल्य घटाएको थियो ।
एयरलाइन्सले यो पटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रुपैयाँ(४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको छ । प्रत्यक्ष सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा जसले बढी कबोल गर्छ उसैले जहाज पाउने छ।
प्रतिक्रिया दिनुहोस्