दाङ, १४ मंसिर । उपनिर्वाचनलाई लक्षित गरी जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६ बम विस्फोट गराइएको छ ।
दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ वडाध्यक्षका लागि आज मतदात हुदैछ । निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो ।
बिहान बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको र बिस्फोटबाट कुनै क्षति भने नभएकोप्रजिअ गोबिन्दप्रसाद रिजालले जनाएका छन ।
कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको छैन ।










प्रतिक्रिया दिनुहोस्