Banner News

उपनिर्वाचन–२०७६ : हालसम्मको विजयी हुनेको आधिकारिक परिणाम (सूचीसहित)



काठमाडौँ, १५ मंसिर । हिजो भएको उपनिर्वाचनको नतिजा सार्वजनिक हुने क्रममा हालसम्म प्राप्त जानकारी अनुसार २८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । २८ मध्ये नेकपा–१८, काँग्रेस–८, समाजवादी–१, राजपा–१ रहेको छ ।

१. रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं.–१ मा नेकपाका जनकबहादुर बुढा मगर बिजयी ।
२. कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं.–३ मा नेकपाका कृष्णबहादुर तामाङ बिजयी ।
३. सल्यान जिल्लाको कुमाखमालिका गाउँपालिका वडा नं.–५ मा नेकपाका धर्मे बुढाथोकी बिजयी ।
४. लमजुङ जिल्ला सुन्दरबजार गाउँपालिका वडा नं.–२ मा नेकपाका नविनकुमार श्रेष्ठ बिजयी ।
५. सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं.–८ मा नेकपाका केदार आचार्य बिजयी ।
६. बाग्लुङ्ग जिल्लाको वडीगाड गाउँपालिका वडा नं.–२ मा नेकपाका ढालेन्द्र शेरचन विजयी ।
७. कार्भेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं.–२ मा नेकपाका देवप्रसाद कोइराला विजयी ।
८. खोटाङ जिल्ला साकेला गाउँपालिका वाड नं.–३ नेकपाका शिबकला राई बिजयी ।
९. काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं.–३ मा नेकपाका शिवभक्ति बलामी बिजयी ।
१०. सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका वडा नं. –१ मा समाजवादी पार्टीका श्यामबाबु राय विजयी ।
११. बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं.–१ मा नेपाली कांग्रेसका गजेन्द्रबहादुर चन्द बिजयी ।
१२. डोटी जिल्लाको आर्दश गाउँपालिका वडा नं.–२ मा नेकपाका रामबहादुर बोहोरा बिजयी ।
१३. भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं.–१ मा नेकपाका जितेन्द्र राई बिजयी ।
१४. गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा नं.–६ मा नेकपाका गिरिप्रसाद सिन्जाली बिजयी ।
१५. पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं.–५ मा नेकपाका खिमबहादुर खरु मगर विजयी ।
१६. वाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं.–१ मा नेकपाका मनराज बुढा (मिलन) बिजयी ।
१७. संखुवासभा जिल्लाको खांदबारी नगरपालिका वडा नं.–३ मा नेकपाका भरतकुमार घिमिरे बिजयी ।
१८. अर्घाखाँची जिल्ला मालारानी गाउँपलिका वडा नं.–३ मा नेपाली काग्रेसका शोभाखर खनाल विजयी ।
१९. बाँके जिल्लाको कोहलपुर नगर पालिका वडा नं.–६ नेकपाका रामशरण थारु बिजयी ।
२०. चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं.–१६ मा नेपाली काँग्रेसका अमृतराज हमाल बिजयी ।
२१. सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.–७ मा राजपा नेपालकी प्रमिलादेवी यादव विजयी ।
२२. दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं.–१६ मा नेपाली काँग्रेसका ताराबहादुर डाँगी बिजयी ।
२३. प्युठान जिल्ला प्युठान नगरपालिका वडा नं.–२ मा नेकपाका मुक्ति पोखरेल विजयी ।
२४. चितवन जिल्लाको खैरनी नगरपालिका वडा नं.–४ मा नेपाली काँग्रेसका टेकबहादुर बस्नेत विजयी ।
२५. चितवन जिल्लाको खैरनी नगरपालिका वडा नं.–५ मा नेपाली काँग्रेसका प्रतिमा कार्की विजयी ।
२६. बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं.–४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट विजयी ।
२७. पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं.–७ मा नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी ।
२८. पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं.–१ मा नेकपाका गजाधर भट्टराई विजयी ।

२९. मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ मा नेपाली कांग्रेसका नारायण प्रसाद साह विजयी ।