राजनीति

कास्की – २ मा नेकपाका उम्मेदवार भट्टराई दुई गुणा भन्दा बढी मतले अग्रता



कास्की, १५ मंसिर । उपनिर्वाचन २०७६ अन्तर्गत कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अग्रस्थानमा रहनुभएको छ ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार भट्टराइले ६ हजार ७ सय ९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले तीन हजार ९४ मत प्राप्त गर्नुभएको छ ।