राजनीति

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा विजयी



काठमाडौँ, १६ मंसिर । नेकपाको उम्मेदवार तेज बहादुर पोखरेलले तीन हजार १८ मत ल्याएर संखुवासभा मकालु गाउपालिकाको अध्यक्षमा बिजय हुनुभएको छ ।

त्यस्तै हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार रूपा शाही विजयी हुनुभएको छ । आइतबार दिउँसो सकिएको मत गणनामा शाहीले एक हजार चार सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत ल्याएकी छन् । राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याउनुभयो । यहाँ दुई हजार ८ सय ६९ मत खसेको थियो ।

महोत्तरी पिपरा गाउपालिका-५का वडा अध्यक्षमा नेकपा बिजयी भएको छ ।