काठमाडौँ, १६ मंसिर । वर्ल्डलिंक कम्युनिकेसनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै खेलस्थानमा खेल अवधिभर उच्च गतिको इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ ।
प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जीबी डाटा दैनिक रुपमा निःशुल्क प्रयोग गर्न पाउने भएका हुन् । वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्सप्रेस वाइफाइसँग सहकार्य गरेको छ । काठमाडौँ र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको यस तेह्रौं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् ।
यसमा नेपाल, माल्दिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिनेछन् । मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो स्पोर्टस कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला, पोखरा कभर्डहलमा वर्ल्डलिंकको निःशुल्क वाइफाइ उपलब्ध हुनेछ ।










प्रतिक्रिया दिनुहोस्