समाचार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



नवलपरासी, १९ मंसिर । नवलपरासीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुर्घटनामा एक जना घाइते भएका छन ।

बुधबार राति बर्दघाट सुस्ता पुर्वको गैंडाकोट नगरपालिका-२ नमस्ते चोकमा ना ६ ख ८०५८ नम्बरको ट्रकले ना ३१ प २६१८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका १० का २६ वर्षीय विरेन्द्र गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो भने दुर्घटनामा स्कुटरको पछाडि चढेका गैंडाकोट नगरपालिका-४ का २१ वर्षीय आकाश सिंजाली घाइते भएका छन् । सिंजालीको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।