विश्व

अमेरिकाको पर्ल–हार्बरमा बन्दुक आक्रमण, तीन जनाको मृत्यु



एजेन्सी, २० मंसिर । अमेरिकाको पर्ल–हार्बरमा बन्दुक आक्रमण हुदा आक्रमणकारीसमेत तीन जनाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह एक आक्रमणकारीले अन्धाधुन्ध अमेरिकाको हवाई राज्यमा रहेको देशको सैन्य बेस पर्ल हार्बरमा गोलीबारी गरेका छन् ।

आक्रमणमा रक्षा मन्त्रालयका दुई कर्मचारीको मृत्यु भएको छ । सोही घटनामा परेर एकको अवस्था गम्भीर छ । अधिकारीका अनुसार गोलीबारीपछि ती आक्रमणकारीले पनि आत्महत्या गरेका छन् । आक्रमणकारी एक जना अमेरिकी नौसैनिक भएको बताइएको छ ।

सो स्थानमा जहाजहरुको मर्मत–सम्भारको पनि हुने गर्छ । पर्ल हार्बरमा अमेरिकाको करीब १० नौसैनिक युद्धपोत र १५ पनडुब्बी तैनाथ छन् ।