काठमाडौँ, २० मंसिर । काठमाडौँ उपत्यकाको तापक्रम आज शुक्रबार बिहान हिजो बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ ।
आज शुक्रबार बिहान यो यस वर्षकै कम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् । तर कतै पनि पानी पर्ने संभावना भने नरहेको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्