भक्तपुर, २१ मंसिर । विकास र समृद्धिको तिव्र यात्रामा रहेको भक्तपुरमा विकास निर्माणका कार्यलाई दिगो, प्रभावकारी र स्थायीत्वमा जोड दिँदै निर्माणाधिन आयोजनाको छड्के निरिक्षणलाई विशेष प्राथमिकता दिईने गरेको छ ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा सडक डिभिजन कार्यालय भक्तपुरबाट विनियोजित रु १ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १ बिरुवा बसपार्कबाट सिरुटार चारदोवाटोसम्म २ कि.मी सडकमा भैरहेको ओभरले कालोपत्र (आसपाल पिच)को स्थलगत निरीक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा सांसद बस्नेतको नेतृत्वमा वडा अध्यक्ष सानुकाजि श्रेष्ठ लगायतका स्थानीयवासीको सहिभागितमा छड्के निरिक्षण गरेको हो ।
निरक्षणका क्रममा सांसद बस्नेतले विकास निर्माणको कार्यक्रमा दिगो र स्थायीत्वलाई विशेष ध्यषन दिन सवैलाई आग्रह गर्नुभयो । विकास निर्माणका कार्यमा आएक कुनै पनि समस्या समाधान गर्न जनप्रतिनिधि हाजिर हुने बताउँदै निर्माण कम्पनीले दिगो र स्थायीत्वलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
विगतमा वक्ति मुनिको अध्यारो भने जस्तै राजधानीसँगै रहेको जिल्ला भक्तपुरमा जनताको इच्छा, चाहना र आवश्यकता अनुसार विकास हुन नसक्दा उपत्यकाकै विकट ठाउँको रुपमा परिचित थियो । यसको मुख्य कारण नै निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएपश्चात आफ्नो ठाउँलाई ध्यान नदिनु हो । विगत करिव २० वर्ष नेतृत्व गरेका राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले कुनै पनि योजना ल्याउन नसक्नु नै जनताको विकास प्रतिको चाहनामा तुसारापात हुनु हो ।










प्रतिक्रिया दिनुहोस्