काठमाडौँ, २१ मंसिर । विश्व प्रजातान्त्रीक युवा संगठन (WFDY)को उपाध्यक्षमा राष्ट्रिय युवा संघ नेपाल निर्बाचित भएको छ ।
विश्व प्रजातान्त्रीक युवा संगठनको उपाध्यक्षका नेपालको तर्फबाट युवा संघका प्रतीनिधी सुन्दर भुसाल निर्वाचित हुनुभएको हो । संघले निर्वाचित पदको उपाध्यक्षको जिम्मेवारीमा भुषाललाई चयन गरी पठाएको छ । अबको कार्यकालभरी उपाध्यक्षको पद संघसँग रहनेछ भने उपाध्यक्ष पदका प्रतिनिधिको सवालमा निरंतरता वा हेरफेरको अन्तिम अधिकार संघसँग निहित रहने छ ।

साइप्रसमा सम्पन्न विसौं महासभामा ४ वर्षे कार्यबालको लागि नेपालले उपाध्यक्षमा प्रतिस्पर्धा गरेकोमा एसियाका चेयर मेल समेत रहनुभएका संघका युवा नेता भुषाल विश्व संगठनको उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्ष पदमा भएको प्रतिस्पर्धामा नेपालले १ मतको अन्तरले विजयी भएको हो ।










प्रतिक्रिया दिनुहोस्