काठमाडौँ, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट संगठन प्रेस संगठन नेपालले एकतालाई पूर्णता दिने क्रममा आज उपत्यकाका तीन जिल्लाको संयोजक र सहसंयोजक चयन गरेको छ ।
प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीमातहत तीन जिल्लाको नेतृत्व तहको एकता आपसी सहमतिमा टुङ्गिएको छ । जसमा भक्तपुर जिल्लाको संयोजकमा कविता थापा र सहसंयोजक सञ्जिप घिमिरे (शुभचिन्तक)लाई तोकेको छ ।
भक्तपुरको संयोजकमा चयन भएसँगै संयोजक थापाले तत्काल जिल्ला कमिटीको नेतृत्वलाई पूर्णता दिने जनाउनुभयो । उहाँ लामो समयदेखी गोरखापत्रमा पत्रमा फोटो पत्रकारितामा कार्यरत हुनुहुन्छ ।
त्यस्तै काठमाडौँको संयोजक सागर पन्त र सहसंयोजक राधेश्याम तिमल्सिना (पुकार)तथा ललितपुर संयोजक ईश्वरराज ढकाल र सहसंयोजक रामहरि कार्कीले जिम्मेवारी पाउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्