Banner News

निजगढ विमानस्थलबारे सर्वोच्चको आदेशप्रति मन्त्री भट्टराईको टिप्पणी



काठमाडौँ, २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको बिषयमा कडा प्रतिक्रिया दिएका छन ।

आज काठमाडौँमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएको निजगढ बिमानस्थलको निर्माण कार्य रोक्न सर्वाेच्चले आदेश दिएकोले उक्त सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताएका छन ।

निजगढ विमानस्थल निर्माणबारे बाहिर फैलाइएका अफवाह हटाउनु आवश्यक रहेको बताउदै उनले भने, ‘राज्यका कुनै पनि निकाय निजगढ बिमानस्थलको आयोजनामा अवरोधक बन्दैनन, तर, सर्वोच्च त्यसमा क्लियर हुन खोजेको छ, उसलाई स्पस्ट बनाउनु सरकारको दायित्व हो ।’

सर्वोच्चले आयोजना नबनाऊ नभनेको भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने मन्त्री भट्टराईको भनाई छ ।