राजनीति

भारतले मिचेको भूमि नेपालीको लागि जीवन र मरणको सवाल हो : अध्यक्ष केसी



काठमाडौं, २२ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपाली भूमिलाई पछिल्लो समय भारतले आफ्नो आन्तरिक नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका क्षेत्रहरु नेपालीको लागि जीवन र मरणको सवाल भएको उल्लेख गर्नुभएको छ ।

उहाँले १८१६ मा नेपाल र ब्रिटिश सरकारबीच भएको सुगौली सन्धिका आधारमा नेपालको सिमाना दार्चुलाको काली नदी नै भएको उल्ल्ेख गर्दै उहाँले १९६२ सालमा चीन र भारतबीच युद्ध भएको र भारतले युद्ध हारेपछि चिनियाँ भूभागबाट पछि हटेर कालापानीमा आफ्नो सेना राखेर बसेको दृष्टान्त उल्लेख गर्नुभयो । उहाँले भारतले विगत ६५ वर्षदेखि हाक्काहाक्की हाम्रो जमिन मिचेर बसिरहेको समेत उल्लेख गर्नुभयो ।

अध्यक्ष केसीले नेपाल पक्षले भारतीय पक्षसँग सीमा विवादको कुरा स्पष्टसँग राख्न नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘सीमाको कुरा गर्दा सत्तामा घुन लाग्छ भन्ने डर छ, नेताहरुको व्यक्तिगत स्वार्थ छ । यी कुरा राख्दा हाम्रा नेताहरुको स्वार्थ नहुने भयो । अहिले भारतले आफ्नो आन्तरिक नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा राखेपछि बहस भैरहेको छ ।’

प्रधानमन्त्री नेपालको भूमि कुनै पनि हालतमा यो भूमि फिर्ता ल्याउनुपर्छ भनेर सहमति भएकोले सरकारले अब कडा रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘भारतले सुस्तामा पनि धेरै भूभाग मिचेको छ । कञ्चनपुरदेखि काँकडाभिट्टासम्म कति भूमि मिचेको छ, धेरै मिचेको छ ।’

केसीले दश गजामा वरपर बस्ने नेपालीहरुमा ठूलो पीडा रहेको पनि बताउनुभयो । ठूलो राष्ट्र हो भन्दैमा भारतले नेपालमाथि थिचोमिचो गर्न पाउँछ रु भन्ने प्रश्न समेत गर्नुभयो ।